उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नाबारे गलत समाचार लेख्नेविरुद्ध न्याय मागेरै छाड्ने बताएकी छन्।
सहकारी संस्थामा भएको घोटालामा आफ्नो नाम जोडेर बदनाम गरिएको भन्दै उनले शुक्रबार विभिन्न सञ्चारमाध्यमविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी हुन्।
उनले आफू अलग भइसकेको सहकारी संस्थामा भएको घोटालामा आफ्नो नाम जोडेर बदनाम गरिएको आरोप लगाएकी छन्।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म भन्न चाहन्छु- सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु। मलाई मेरो देशको न्यायालय र न्यायमूर्तिप्रति भगवान्जत्तिकै विश्वास छ। मैले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा मेरो प्रतिक्रियासमेत नसोधी ठाडै चरित्र हत्या गर्ने लाइसेन्स उनीहरूलाई कसले दियो?’
123
Shares
प्रतिक्रिया