ad ad

समाज


बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा आगलागी

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा आगलागी

नेपालखबर
चैत २६, २०८० सोमबार १८:४, काठमाडौँ

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको गोदाममा भीषण आगलागी भएको छ।

सोमबार साँझ उक्त अस्पतालको गोदाममा आगलागी भएको हो। आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँको मुस्लो निस्किएको छ।

उक्त आगलागी विद्युत् सर्ट भएर हुन सक्ने बताइएको छ। 

अहिले त्यहाँ आगो नियन्त्रणका लागि दमकलसहित अग्निनियन्त्रकको टोली पुग्दैछ। आगो नियन्त्रणका लागि काठमाडौं, ललितपुर र सशस्त्र प्रहरी बलको दमकल प्रयोग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .