अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापरीक्षकसहित दुई जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कास्कीको सदाशिव प्राथमिक विद्यालय, कास्कीकोटका तत्कालीन प्रधानाध्यापक कृष्णप्रसाद सुवेदी र लेखापरीक्षक कृष्णप्रसाद गौतमविरुद्ध विशेषमा मुद्दा हालिएको हो।
आर्थिक वर्ष २०६८ साउनदेखि ०६९ असार, आर्थिक वर्ष २०६९ साउनदेखि ०७० असारसम्मको आम्दानी-खर्च विवरणमा आयतर्फका शीर्षकहरूमा जिल्ला शिक्षा कार्यालय कास्कीबाट निकासा भएको रकम आय शीर्षकमा नदेखाई नभए/नगरेको आम्दानीलाई लेखापरीक्षण प्रतिवेदनमा भए/गरेको देखाई भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।
त्यस्तै नभए/नगरेको कामलाई खर्च पुस्ट्याइँ गर्ने बिल भरपाई समावेश नगरी लेखापरीक्षण प्रतिवेदनमा राखी, लेखापरीक्षण प्रतिवेदन विद्युतीय माध्यमबाट तयार गरी, विद्यालयको रकम लिने नियत राखी विद्यालयमा भएको भवन निर्माण समितिको निर्णयमा आफूखुसी थपघटसमेत गरी, सरकारलाई हानी नोक्सानी पुर्याउने वद्नियतले विद्यालयको ३ लाख, ७७ हजार, २३६ हानी नोक्सानी गरी भ्रष्टाचारजन्य कसुर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
Shares
प्रतिक्रिया