ad ad

समाज


कुवेत पठाइदिने बहानामा श्रीलंका लगेर बेचियो, रसुवाका नुर्वु घले पक्राउ

कुवेत पठाइदिने बहानामा श्रीलंका लगेर बेचियो, रसुवाका नुर्वु घले पक्राउ

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार १८:५१, काठमाडौँ

कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाइदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्‍याई बेचेको अभियोगमा रसुवाको नौकुण्ड गाउँपालिका-१ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाइदिने लोभ लालचमा पारी पीडितको राहदानी आफ्नै खर्चमा बनाई २०७३ साउनमा नयाँदिल्ली हुँदै भिजिट भिसामा श्रीलंकाको कोलम्बोमा पुर्‍याएको खुलेको छ।

त्यसक्रममा कुटपिट गरी कोठामा बन्धक बनाई राखेको अवस्थामा नेपाल प्रहरी तथा अन्य संघ संस्थाको समन्वयमा पीडित नेपाल फर्किन सफल भएका थिए।

घटनामा संलग्न रही फरार रहेका घलेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ बबरमहलबाट पक्राउ गरेको हो।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्यको प्रहरीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .