एक साताअघि राप्रपाले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा अश्रुग्यासको असरले बिरामी भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ।
श्वाँसप्रश्वासका दीर्घरोगीसमेत रहेका डाँगीको साेमबार बिहान उपचारको क्रममा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नेपालखबरलाई जानकारी दिए।
डाँगी पार्टीको बर्दियास्थित मधुवन नगर समितिको अध्यक्ष समेत थिए। उनको आज बिहान चार बजे मृत्यु भएको हो।
डाँगीको शव आज मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राख्ने तयारी छ।
राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै गएको चैत २७ गते काठमाडौँमा वृहत जनप्रदर्शन गरेको थियो।
त्यसक्रममा प्रहरीको लाठी प्रहारबाट राप्रपाका केही नेता कार्यकर्ता घाइते भएका थिए।
234
Shares
प्रतिक्रिया