मकवानपुरमा गैँडाको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ मनहरी खोलामा गैँडाको आक्रमबाट स्थानीय ३२ बर्षीय रमेश बोटे गम्भीर घाइते भएका हुन्।
बोटे आज बिहान ६ बजे आफ्नै खेतमा पानी लगाउन गएको बेला गैँडाको आक्रमणमा परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मनहरी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई भरतपुर अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
मनहरी खोलाको नदी उकास जमिनमा बोटेले चैते धान लगाएका छन्। धानखेतमा पानी लगाउन गएका बेला बोटेलाई गैँडाले आक्रमण गरेको हो।
123
Shares
प्रतिक्रिया