भारतको राजधानी नयाँ दिल्लीबाट आएको एक जहाजमा एक किलो सुन बेवारिसे अवस्थामा भेटिएको छ।
बिहीबार बिहान ११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको इन्डिगो एयरको उडान नं ६-ई-११५१ को जहाजमा उक्त सुन भेटिएको हो।
सिट पाकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुनजस्तो देखिने पहेँलो धातु सिक्री ३ वटा, सुनको बिस्कुट ६ वटा, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुका टुक्राहरू २ र सिक्री जोड्ने ससाना रिङ २ वटा फेला पारिएको प्रहरीले जनाएको छ।
यी सबै सामान टेपबाहेक कुल अन्दाजी १ किलो ७० ग्राम रहेको प्रहरीको भनाइ छ।
84
Shares
प्रतिक्रिया