गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित पहेंलो पुलबाट एक जना पक्राउ परेका छन्।
काभ्रेपलान्चोक रोसी गाउँपालिका-५ घर भएका ३८ वर्षीय मिमसिंह लामालाई बिहीबार दिउँसो प्रहरीले हतियारसहित पक्राउ गरेको हो।
उनको साथबाट सेमी अटोमेटिक पेस्तोल र ४ राउण्ड सोही पेस्तोलको गोली समेत बरामद भएको छ।
उनी गोकर्णेश्वर-६ नयाँबस्ती बस्दै आएका थिए।
प्रहरी वृत बौद्ध र प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले बा.१८ च ८३६१ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा स्कारपियोमा सवार उनलाई उक्त पेस्तोल र गोलीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
69
Shares
प्रतिक्रिया