विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ। आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो।
लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो। चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ।
उनले भने, ‘तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ। यहाँको यात्रामा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्छ।’ रासस
18
Shares
प्रतिक्रिया