महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ।
बर्दिबास नगरपालिका ३ कालापानी जंगलस्थित सडकमा बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
618
Shares
प्रतिक्रिया