कतारका राजा नेपालमा भ्रमणमा आउँने भएपछि सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारी राजाको स्वागतमा आज (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
कतारी राजा शेख तमिम बिन हमाद अल थानी आज दिउँसो दुई दिने राजकीय भ्रमणका क्रममा काठमाडौँ आउँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा थानी नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी राजाले शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। त्यसपछि उनीहरुको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी नेपाल आउन लागेका हुन्।
- कतारी राजाको स्वागतमा रातारात यसरी गरिँदै छ काठमाडौँको सडक मर्मत (तस्बिरहरू)
- कतारी राजाको सुरक्षा बलाधिकृत रथी सिग्देलको कमान्डमा, ड्रोनदेखि डग र सीसीक्यामेराबाट निगरानी
- मन्त्रिपरिषद् बैठकद्वारा नेपाल र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्र स्वीकृत
- कतारी राजाको भ्रमण : पहिल्यै टुंगो लागेका सम्झौतामा मात्र हस्ताक्षर हुने
- कतारी राजासँग नेपालका ५ अपेक्षा, कति होला पूरा?
Shares
प्रतिक्रिया