अझै केही दिन तराई मधेशका जिल्लामा तापक्रम घट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार वैशाख १४ गतेसम्म तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना छ। लुबाट बच्न मौसमविद्ले तराईवासीलाई सुझाव दिएका छन्।
विगत केही दिनदेखि देशैभरी तापक्रम बढेको छ। तापक्रम बढ्दै जाँदा विशेषगरी तराई मधेशका जिल्लाको जनजीवन कष्टकर बनेको छ।
सोमबार सबैभन्दा बढी तापक्रम लुम्बिनी प्रदेशको भैरहवामा मापन भएको छ।
रुपन्देहीको भैरहवामा सोमबार अधिकतम तापक्रम ४०.९ डिग्री मापन हुँदा मधेश प्रदेशमा पर्ने बाराको सिमरामा ४० डिग्री तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी सोमबार जनकपुरमा ३९.४, धनगढीमा ३८.८, नेपालगञ्जमा ३८.४ र वीरेन्द्रनगरमा ३६.५ डिग्री अधिकतम तापक्रम मापन भएको छ।
सोमबार काठमाडौँको अधिकतम तापक्रम ३३.१ डिग्री मापन भएको थियो। आज काठमाडौँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।
हेर्नुस् सोमबार देशका १५ ठाउँको अधिकतम र न्यूनतम तापक्रम
Shares
प्रतिक्रिया