अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार वैशाख १२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।
अख्तियारका अनुसार जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालिन अध्यक्ष एजेट न्यासुरले नियम बिपरित गरी बढी भुक्तानी गरेको जम्मा रकम १३ लाख २७ हजार ४३०रुपैयाँ ४० पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) अनुसार कैद एवम् जरिवाना गरी बिगो असुलउपर हुन मागदाबी लिइएको थियो।
सोही मुद्दामा जोडिएका अन्य प्रतिवादीहरूलाई समेत विशेष अदालतले सफाइ दिएकोमा अख्तियारले पुनरावेदन गरेको हो।
यस्तो छ अख्तियारको विज्ञप्ति
Shares
प्रतिक्रिया