वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी यूएईमा पक्राउ परेका छन्।
बाँकेको कफ खजुरा गाउँपालिका-२ सीतापुरका कमल विश्वकर्मालाई एनसीबी अबुधावी यूएईको समन्वयमा पक्राउ गरिएको हो।
पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगार कसुर मुद्दा अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न वैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा (काठमाडौँ) बाट अनुरोध भएपश्चात् एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट
सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ।
39
Shares
प्रतिक्रिया