नेपाल प्रहरीका काठमाडौं परिसर प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सरुवा भएका छन्।
गृहमन्त्री रवि लामिछानेले काठमाडौं परिसरमा एसएसपी वसन्त रजौरेलाई ल्याएका हुन्। यसअघि एसएसपी भूपेन्द्र खत्री परिसर प्रमुख थिए।
त्यसैगरी अपराध अनुसन्धान प्रमुखमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ। यसअघि सोमेन्द्र सिंह राठौर अनुसन्धान प्रमुख थिए।
खत्री र राठौर आठ महिनामा सरुवा भएका हुन्।
510
Shares
प्रतिक्रिया