पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले अदालतले तोकेको धरौटी रकम बुझाएका छन्।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले यही वैशाख ७ मा उनलाई ४ लाख धरौटी बुझेर छाड्न आदेश दिएको थियो।
पुनसहित ६ जनालाई धरौटी बुझेर प्रहरीलाई छाड्न आदेश दिए पनि उनले धरौटी नबुझाएकाले कारागार चलान भएका थिए।
शुक्रबार पुनले धरौटी बुझाएका हुन्।
अदालतले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउन र दीपेशसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।
दीपेशसँग ४ लाख, नविन अछामीसँग १० लाख, लिला चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, निता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख धरौटीको माग गरिएको थियो।
1.1k
Shares
प्रतिक्रिया