इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भइरहेको छ।
उपनिर्वाचनअन्तर्गत यी दुवै क्षेत्रमा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
आज ती क्षेत्रको मौसम कस्तो छ? दिनभर कस्तो रहला? पक्कै मतदाता तथा सरोकारवालाहरूलाई चोसो होला।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज इलामको मौसम दिनभर हिजोअस्तिको तुलनामा शीतल हुने सम्भावना छ भने बझाङमा चाहिँ दिउँसो गड्याङगुडुङसहित पानी पर्ने सम्भावना छ।
‘अहिले बिहान इलामको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ, भनेको अलिअलि बादल आउने जाने भइरहेको छ, बादल र घामको लुकामारी चलिरहेको छ’, उनले भने, ‘बझाङमा अहिले बिहान मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ, भनेको खासै घाम लाग्न पाएको छैन, तर अहिले नै पानी नपर्ला, मध्याह्न १२ बजेपछि वर्षाको सम्भावना छ।’
वर्षा हल्का खालको मात्रै हुने सम्भावना रहेको उनको भनाइ छ।
मौसमविद् झाका अनुसार आज देशभर नै अन्य दिनको तुलनामा मौसम शीतल भएको छ।
Shares
प्रतिक्रिया