इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मंगलबार इलाम बजारमा नेकपा एमालेको विजय सभामा सहभागी भएर फर्किंदै गरेको को २ च ४४७ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजार नजिक दुर्घटनामा परेको हो।
दुर्घटनाका गम्भीर घाइते तीन जनालाई उपचारका लागि झापा अस्पताल रेफर गरिएको छ भने सामान्य घाइतेको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेको नामावली
१) जिल्ला इलाम इलाम न.पा ५ बस्ने वर्ष ३६ की तुलसा ढकाल, बाहिरी चोट नदेखिएको शरीरको भित्री भागमा दुखेको, अवस्था सामान्य
३) ऐ.ऐ. बस्ने ४२ की राधिका खनाल शरीरको विभिन्न अंगमा चोट, अवस्था सामान्य
४) ऐ.ऐ. बस्ने वर्ष ६६ को नेखनाथ खनाल छातिमा चोट, अवस्था सामान्य
५) ऐ. ऐ. बस्ने वर्ष ३६ की दुर्गादेवीघिमिरे टाउको चोट अवस्था बोल्न सक्ने सामान्य
६) ऐ.ऐ. बस्ने वर्ष ३८ की दीक्षा आचार्य, देब्रे खुट्टामा चोट, अवस्था सामान्य
७) ऐ.ऐ. बस्ने वर्ष ४८ को कृष्ण घिमिरे देब्रे हातमा र खुट्टामा चोट, अवस्था सामान्य
८) ऐ.ऐ. बस्ने वर्ष ३५ की लीलादेवी चापागाईं देब्रे हातमा चोट, अवस्था मध्यम ऐ. थप उपचारका लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर
९) ऐ.ऐ. बस्ने वर्ष ६६ को नगप्रसाद तिवारी देब्रे हात र खुट्टामा चोट, अवस्था सामान्य
१०) ऐ.ऐ. बस्ने वर्ष ६८ को वासुदेव खनाल नाक र छातीमा भित्री चोट अवस्था गम्भीर, ऐ. थप उपचारका लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर
११) ऐ.ऐ.बस्ने वर्ष १५ की अन्जु बजगाईं, देब्रे खुट्टामा चोट, अवस्था सामान्य
१२) ऐ.ऐ. बस्ने वर्ष २० की निरुता ढकाल, देब्रे हातमा चोट, अवस्था सामान्य
१३) ऐ. ४ बस्ने वर्ष ५० को प्रकाश सोङ्मीको देब्रे हातमा चोट, अवस्था सामान्य
१४) ऐ.ऐ. बस्ने वर्ष ५३ को वेदप्रसाद रिजाल, दाहिने हातमा चोट, अवस्था सामान्य
१५) ऐ.ऐ. बस्ने वर्ष ७५ की लक्ष्मि आचार्य, देब्रे हात र टाउकोमा चोट, अवस्था सामान्य
१६) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५७ को सूर्यप्रसाद दुलाल, घाँटीमा भित्री चोट, अवस्था गम्भीर, थप उपचारको लागि ऐ. १८ः०० बजे बिर्तासिटी अस्पताल झापा रेफर
१७) ऐ.ऐ. बस्ने वर्ष वर्ष ५० की लक्ष्मी दुलाल, घाटीमा चोट, अवस्था सामान्य
१८) ऐ.ऐ. बस्ने वर्ष २० की कृति ढुङ्गाना टाउकोमा चोट, अवस्था मध्यम बोल्न सक्ने
१९) जिल्ला इलाम सन्दकपुर गा.पा १ बस्ने वर्ष ४० को रमेश राईको देब्रे पाखुरामा चोट अवस्था सामान्य
417
Shares
प्रतिक्रिया