सिधाकुरा टिमले आज (बिहीबार) सर्वाेच्च अदालतमा बयान दिनुपर्ने भएको छ।
सिधाकुरा टिमसँग बयान लिन सर्वाेच्चका न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासमा आजका लागि पेसी तोकिएको हो।
‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित सामग्रीबारे बयान लिन सर्वोच्चले सिधाकुरा टिमलाई बयानका लागि बोलाएको हो।
यसअघि सर्वोच्चले सिधाकुराका विवादित सामग्री २४ घण्टाभित्र हटाउन भनेको थियो। सिधाकुराले टिमले भने त्यसअघि नै युट्युबबाट सामग्री हटाइसकेको थियो।
पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध संस्थाहरूले भने सर्वाेच्चको उक्त आदेश संविधानविपरीत भएको भन्दै विरोध गरेका छन्।
-
सिधाकुराविरुद्ध सर्वोच्चको आदेश संविधानको भावनाविपरीत: पत्रकार महासंघ
-
सिधाकुरा प्रकरणमा नाफिजले गर्यो ध्यानाकर्षण
सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलको टिमलाई अदालतको अवहेलना मुद्दामा कारबाहीका लागि सर्वोच्च प्रशासनले प्रतिवेदन उठाएको थियो।
222
Shares
प्रतिक्रिया