ad ad

समाज


४५ दिन बन्द भएर खुलेको ५ दिनमै कान्ति लोकपथ फेरि अवरुद्ध

४५ दिन बन्द भएर खुलेको ५ दिनमै कान्ति लोकपथ फेरि अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १०:५३, काठमाडौँ

काठमाडौँबाट हेटौँडा निस्कने छोटो दुरीको कान्तिलोकपथ बन्द भएको छ। 

मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए।

‘काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा क्षति भएको छ। भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन,’ उनले भने, ‘अर्को सूचना नभएसम्म यो सडक भएर सवारी साधनको आवतजावत पूर्णरुपमा बन्द गरेका छौँ।’

मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .