ad ad

समाज


जर्मनीमा राति दुई स्थानमा गाेलीकाण्ड, ८ जनाको मृत्यु

जर्मनीमा राति दुई स्थानमा गाेलीकाण्ड, ८ जनाको मृत्यु

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ०:५९,

जर्मनीमा बुधबार राति अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

यद्यपि स्थानीय सञ्चारमाध्यमहरूले जर्मनीको हानाउ सहरमा भएका गोलीकाण्डमा कैयौं व्यक्तिको मृत्यु भएको जनाएका छन्।

अहिलेसम्म आठ जना मारिएको र पाँचजना घाइते भएको विवरण आएको बताइएको छ। छन्।

हानाउ सहरको मध्य भागमा रहेको एउटा शीशा बारमा पहिलो आक्रमण भएको र हानाउकै केसेल्सटाटस्थित अर्को शीशा बारमा दोस्रो गोलीकाण्ड भएको समाचारमा उल्लेख छ।

घटनापछि आक्रमणकारी फरार भएको अधिकारीहरूलाई उद्धृत गर्दै बिल्ड पत्रिकाले लेखेको छ।

स्थानीय समयअनुसार घटना बुधबार राति १० बजे भएको स्थानीय प्रहरीलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

अधिकारीहरूका अनुसार आक्रमणको कारण खुल्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .