पोखरा महानगरपालिका–१८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ।
पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४ः१५ को सोनम सुवेदी आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए।
दिउसो साढे १ बजे खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट परिचालन भएको गोताखोरको टोलीले उनको उद्दार गरेको हो।
दिउँसो २ बजेर २० मिनेटमा बालकको शव फेला परेको हो।
थप प्रक्रियाका लागि उक्त शव नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
39
Shares
प्रतिक्रिया