सर्वोच्च अदालतमा रिक्त न्यायाधीश संख्या ३ पुगेको छ।
न्यायाधीश सुष्मालता माथेमाले ६५ वर्षे उमेर हदका कारण अवकाश पाएकी छन्। माथेमा २०७६ वैशाख ६ मा सर्वोच्चको न्यायाधीश नियुक्त भएकी थिइन्। त्यसअघि उनी उच्च अदालतको न्यायाधीश थिइन्।
उनको अवकाशसँगै सर्वोच्च अदालतमा न्यायाधीशको संख्या १८ मा झरेको छ।
सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी छ।
न्याय परिषद् ऐनअनुसार पद रिक्त हुनुभन्दा एक महिनाअगावै नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने भए पनि अहिलेसम्म त्यसतर्फ तयारी भने गरिएको छैन।
गत मंसिर ५ गते सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सिफारिस गर्दा एउटा पद रिक्त राखिएको थियो। त्यसपछि वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले फागुन २५ गते अवकाश पाए।
एउटा सिट भने २०७८ जेठ १३ मा तत्कालीन न्यायाधीश पुरुषोत्तम भण्डारीले अवकाश पाएदेखि नै रिक्त छ।
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले सिफारिस गर्नुपर्छ। संसदीय सुनुवाइपछि राष्ट्रपतिले नियुक्ति दिने संवैधानिक व्यवस्था छ।
Shares
प्रतिक्रिया