आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रूपमा यस दिनलाई मनाइने गरिन्छ। वैशाख कृष्ण औंसीमा मनाइने यो पर्वमा बिहानै स्नान गरी शुद्ध भएर आमालाई वस्त्र एवं मीठा र तागतिला खानेकुरा दिई आशीर्वाद लिने चलन छ।
मातातीर्थ औँसीमा काठमाडौँको चन्द्रागिरि नगरपालिका- ६, मातातीर्थ कुण्डमा दिवंगत आमाको सम्झनामा मेला लाग्ने गर्दछ।
भक्तालुहरू औँसीको अघिल्लै दिन साँझदेखि मातातीर्थ मन्दिर पुगेर आमाको प्रतिमामा पूजाआजा गर्नुका साथै रातभर जाग्राम समे बस्ने गर्दछन्। मातातीर्थ संरक्षण तथा विकास संस्थाले प्रत्येक वर्ष मातातीर्थ मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित गर्ने गरेको छ।
मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हेर्नुस् मातातीर्थका केही तस्बिर:
Shares
प्रतिक्रिया