हाल (शुक्रबार साँझ ६ बजे) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
२४ घण्टामा १० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई हल्का वर्षा भनिन्छ। यस्तै मौसम महाशाखाले राति भन्नाले आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ।
मौसमविद्का अनुसार पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली र ठाउँठाउँमा वर्षा भइरहेको हो।
1.1k
Shares
प्रतिक्रिया