ad ad

समाज


राति यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

राति यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

फाइल फाेटाे


नेपालखबर
जेठ १, २०८१ मंगलबार १९:४, काठमाडौँ

आज (मंगलबार) राति कोसी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा (लगभग आकाश खुला) रहने छ। 

यस क्रममा राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

साथै आज राति कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

मौसम महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .