ad ad

समाज


२२० सीसीको मोटरसाइकल चोरेर भाग्दै गरेका तीन युवक बनेपाबाट रंगेहात पक्राउ

२२० सीसीको मोटरसाइकल चोरेर भाग्दै गरेका तीन युवक बनेपाबाट रंगेहात पक्राउ

नेपालखबर
जेठ २, २०८१ बुधबार १३:५१, काठमाडौँ

मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा काभ्रे प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यलय बनेपाको टोलीले उनीहरुलाई बनेपा बसपार्कबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका- ६ का २५ वर्षीय होइसेर थिङ तामाङ, महाभारत- ७ का २४ वर्षीय मोहन स्याङतान भनिने बुद्ध मुक्तान र सोही ठाउँका २२ वर्षीय अनिल स्याङ्तान छन्। 

उनीहरुको साथबाट बागमती प्रदेश ०२-०१७ प ११०२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल पनि बरामद गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। 

रातको समयमा सादा पोशकमा खटिएको प्रहरी गस्ती टोलीले बनेपा बसपार्क क्षेत्रबाट चार दिनअघि उनीहरुलाई पक्राउ गरेको हो। बिना हेल्मेट एउटा मोटरसाइकलमा तीन जना सवार रहेको अवस्थामा उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ।

प्रहरीले शंका लागेर उनीहरुलाई रोकेर जाँच गरेको थियो। त्यसक्रममा चाबी नभएको मोटरसाइकलको तार चुडाएर त्यसलाई चाबीको ज्याकमा जोडेर मोटरसाइकल स्टार्ट गरेको चढेको पाइएको प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीले तत्काल सवारी साधनसहित उनीहरुलाई पक्राउ गरेको थियो। 

बयानका क्रममा उनीहरुले बनेपा नगरपालिका वडा नम्बर-८ स्थित मंगोलियन लञ्जबारको पार्किङ स्थलबाट मोटरसाइकल चोरेर ल्याएको बयान दिएका प्रहरीले जनाएको छ। 

उनीहरुलाई काभ्रे प्रहरीले मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .