देशभर तापक्रम बढ्दो छ। अत्यधिक गर्मीले विशेषगरी तराईको जनजीवन कष्टकर बनिरहेको छ।
यस क्रममा शनिबार देशका ४ ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ भने दुई स्थानमा त ४२ डिग्री सेल्सियसबाट पनि उकालो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबैभन्दा बढी अधिकतम तापक्रम बाँकेको नेपालगन्जमा ४२.६ डिग्री सेल्सिसय पुगेको छ भने दोस्रोमा कैलालीको धनगढीमा ४२.१ डिग्री सेल्सियस छ।
यसैगरी डोटीको दिपायलमा ४०.५ र सुर्खेतको वीरेन्द्र नगरमा ४०.३ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार शनिबार रुपन्देहीको भैरहवामा ३९.८, दाङको घोराहीमा ३८.४ तथा धनुषाको जनकपुरमा ३८ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ।
यस्तै बाराको सिमरामा ३६.८ तथा सुनसरीको धरानमा ३५ डिग्री सेल्सियस अधिकतम तापक्रम छ। अन्य स्थानमा भने यसभन्दा कम तापक्रम छ।
यसैबीच काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि शनिबार ३३.६ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ।
हेर्नुहोस् शनिबारको अधिकतम र न्यूनतम तापक्रम विवरण
स्रोत : मौसम पूर्वानुमान महाशाखा
Shares
प्रतिक्रिया