भक्तपुरको सूर्यबिनायकमा ट्वाइलेट जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ घर भइ हाल सूर्यबिनायक नगरपालिका-५ कटुन्जेमा डेरागरेर बस्ने ४६ वर्षीया जमुना भट्राईको ट्वाइलेट जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
शुक्रबार बिहान लडेर गम्भीर घाइते भएकी जमुनालाई उनका पति हिरा भट्टराईले उपचारको लागि काठमाडौँ मेडिकल कलेज पुर्याएका थिए।
उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।
घटना स्थलमा भक्तपुर प्रहरीले अनुसन्धान अधिकृतसहितको प्रहरी टोली परिचालन गरेर थप अनुसन्धान सुरु गरेको डीएसपी कार्कीले बताए।
369
Shares
प्रतिक्रिया