नागरिकता प्रकरणमा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षमै पुगेर पक्राउ गरेपछि सञ्चार संस्था, नागरिक समाज तथा राजनीतिक दलहरूले विरोध गरिरहेका छन्।
सिरोहियाको नागरिकता विवादलाई बहाना बनाएर सहकारी ठगीसम्बन्धी समाचारको सिलसिला रोक्न र सञ्चार जगत्लाई तर्साउन राज्य-शक्तिको दुरुपोग गरिएको भन्दै उनीहरूले सिरोहिया पक्राउको भर्त्सना गरिरहेका छन्।
यसै क्रममा नागरिक अगुवासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले पनि सरकारको उक्त कदमप्रति शंका व्यक्त गरेका छन्।
बुधबार बिहान संग्रौलाले सामाजिक सञ्जालमार्फत सोधेका छन्, ‘यो कान्तिपुरमाथिको आक्रमण हो कि कैलाश सिरोहियामाथिको आक्रमण हो? निहुँ कैलाश सिरोहिया, निशाना कान्तिपुर पो हो कि?’
213
Shares
प्रतिक्रिया