कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन थुनामै रहने भएका छन्।
जिल्ला अदालत धनुषाले थप ३ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको जानकारी दिए।
जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिनको म्याद थप माग गरे पनि अदालतले ३ दिनका लागि मात्र म्याद थपेको छ।
सिरोहियालाई गत मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरी धनुषा लगेर नागरिकतासम्बन्धी उजुरीको आधारमा अनुसन्धान गरिरहेको छ।
यसअघि बुधबार पनि ३ दिन नै म्याद थप भएको थियो। यसअघि उनले प्रहरीलाई ३ घण्टा लामो बयान दिएका थिए।
-
कैलाश सिरोहियालाई दोस्रोपटक अदालतमा पेस
-
सिरोहिया छुटाउन शम्भु थापासहित १२ अधिवक्ता बहस गर्दै
-
सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि सिरोहियाको बयान
-
सिरोहियालाई आज पुनः अदालत लगिँदै
-
के हो कैलाश सिरोहियाको नागरिकता विवाद? कानुन व्यवसायीले प्रस्ट्याएका १० बुँदा
-
सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
कैलाश सिरोहियालाई लगियो अदालत
474
Shares
प्रतिक्रिया