चार दिनदेखि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।
नागरिकता प्रकरणमा गत मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरी धनुषा (जनकपुर) पुर्याइएका सिरोहिया स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल भर्ना भएका हुन्।
उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काव्या अस्पताल लगिएको छ।
परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए।
अनुसन्धान नसकिएको भन्दै थप म्याद मागेपछि प्रहरीले शुक्रबार जिल्ला अदालतबाट थप ३ दिन सिरोहियालाई हिरासतमा राख्न अनुमति पाएको छ। शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग ३ घण्टा लामो बयान लिइएको थियो।
पहिलोपटक गत बुधबार पनि अदालतले सिरोहियाविरुद्ध ३ दिन नै म्याद थपेको थियो।
-
कैलाश सिरोहियालाई दोस्रोपटक अदालतमा पेस
-
सिरोहिया छुटाउन शम्भु थापासहित १२ अधिवक्ता बहस गर्दै
-
सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि सिरोहियाको बयान
-
सिरोहियालाई आज पुनः अदालत लगिँदै
-
के हो कैलाश सिरोहियाको नागरिकता विवाद? कानुन व्यवसायीले प्रस्ट्याएका १० बुँदा
-
सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
कैलाश सिरोहियालाई लगियो अदालत
Shares
प्रतिक्रिया