सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटेर आरोहीलाई जोखिममा पारेको भन्दै विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाले आक्रोश व्यक्त गरेका छन्।
सफा हिमाल अभियानअन्तर्गत सगरमाथातर्फ गइरहेको टोली डोरी नपाएर माथि चढ्न नपाएको उनले बताएका छन्।
सगरमाथा क्षेत्रबाट फेसबुकमा एक भिडिओ सन्देशमार्फत् उनले भनेका छन्, ‘हिमाल आरोहणका क्रममा यहाँ फोहोर र घृणित राजनीति हुने गरेको छ। अहिलेसम्म चुप लागियो। अब बोल्नैपर्ने भयो।’
उनले सन् २०१९ देखि नै यस्तो राजनीति भइरहेको भन्दै सगरमाथा जाने बाटोमा पर्ने एक स्थानमा रहेको शव तान्ने प्रयास गर्दा यस्तो कार्य भएको बताएका छन्।
यद्यपि कसले र किन यस्तो गरेको भन्ने उनले खुलाएका छैनन्।
सफा हिमाल अभियानमा नेपाली सेनासमेत सहभागी छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने यसबारे कुनै जानकारी प्राप्त नभएको बताए।
हेर्नुहोस् भिडिओ-
Shares
प्रतिक्रिया