नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय, सिनामंगलमा ताला लागेको छ। महासंघकै केन्द्रीय सदस्य रमेश खतिवडासहित पुगेर आइतबार दिउँसो अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको कार्यकक्षमा ताला लगाएका हुन्।
विभिन्न ६ वटा माग राखेर उनीहरूले अध्यक्ष र महासचिवको कार्यकक्षमा ताला लगाएका हुन्।
नेपाल पत्रकार महासंघले देशभर शुद्धिकरण अभियान चलाएर आगामी २६ गते निर्वाचन गर्दैछ। शुद्धिकरणका नाममा नियमित पत्रकारिता गरिरहेका व्यक्तिहरूलाई हटाउने काम भएको भन्दै असन्तुष्ट पक्षले ताला लगाएको हो।
उनीहरूले विधान विपरितका गतिविधि बन्द गर्नुपर्ने लगायतका माग राखेका छन्। ताला खुलाउन अहिले छलफल भइरहेको छ।
303
Shares
प्रतिक्रिया