न्युरोडको सडकलाई साँघुरो पार्ने काठमाडौँ महानगरपालिकाको योजनामा स्थानीयले विरोध जनाएका छन्। सोमबार न्युरोडका स्थानीयले मानव साङ्लो बनाएर सांकेतिक प्रदर्शन गरेका हुन्।
‘नयाँ सडक बचाऊ, न्युरोड साँघुरो पार्न पाइँदैन’ भन्ने नारासहित स्थानीयहरू विरोधमा उत्रिएका थिए। महानगरपालिकाले अनुमति बिना सडक काट्ने काम गरेको भन्दै सडक विभाग अन्तर्गतको डिभिजन कार्यालयले काम रोकाएको थियो।
त्यसको प्रतिवादमा काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले सडक विभागकै कार्यालय अगाडि एक ट्रक धुलो खन्याइदिएका थिए। मेयर शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै कलंकी–महाराजगन्ज सडक विस्तारमा सरकारको ध्यान नपुगेको आरोप लगाएका थिए।
तस्बिरहरूः
72
Shares
प्रतिक्रिया