ad ad

समाज


सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का गम्भीर घाइते

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १४:१, काठमाडौँ

ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मंगलबार बिहान साढे ५ बजेतिर स्टार अस्पताल अगाडि चक्रपथमा मोटरसाइकल आफैंँ अनियन्त्रित भइ दुर्घटना भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल दुर्घटनामा परी रामेछापको मन्थली नगरपालिका ६ कुनौरीका २४ वर्षीय विजय घिसिङको मृत्यु भएको हो। 

मोटरसाइकलको पछाठी सवार ३७ वर्षीय सञ्जय कुमार घिसिङ गम्भीर घाइते छन्। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको पनि एसपी सुवेदीले जानकारी दिए।
 
दुर्घटनापछि उनीहरु दुवै जनालाई तत्कालै उपचारको लागि स्टार अस्पताल लगिएको थियो। विजयको उपचकारको क्रममा मृत्यु भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .