काठमाडौँ महानगरपालिकाले नातागोताबाहेक आफूसँग रहेका बालबालिकाको विवरण वडा कार्यालयमा पेस गर्न अनुरोध गरेको छ।
महानगरपालिकाले आज (शुक्रबार) सार्वजनिक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना नातागोताबाहेकका बालबालिका रहेका भए २१ दिनभित्र वडा कार्यालयमा त्यस्ता बालबालिकाको विवरण पेस गर्न भनेको हो।
‘नातागोता भन्नाले बालबालिकाका आमा वा बाबुतर्फका तीन पुस्ता भित्रका नातेदार सम्झनुपर्छ,’ सूचनामा भनिएको छ
90
Shares
प्रतिक्रिया