ad ad

समाज


आज राति यी तीन प्रदेशमा वर्षाको सम्भावना बढी

आज राति यी तीन प्रदेशमा वर्षाको सम्भावना बढी

फाइल फाेटाे


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १९:११, काठमाडौँ

आज (शुक्रबार) राति पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति कोस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना देखिएको हो।  

हाल नेपालको मौसममा एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव छ।

महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पश्चिम–उत्तर–प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।

सोही कारण मौसम बदली तथा वर्षाको सम्भावना देखिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .