ad ad

समाज


राति वर्षाको सम्भावना कहाँ-कहाँ?

राति वर्षाको सम्भावना कहाँ-कहाँ?

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
जेठ १९, २०८१ शनिबार २०:२२, काठमाडौँ

हाल (शनिबार बेलुका) कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 

बागमती प्रदेशअन्तर्गत अहिले काठमाडौँ उपत्यकाका पनि कतै-कतै वर्षा भइरहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। 

‘तर डेढ/दुई घण्टापछि रोकिन्छ कि जस्तो देखिन्छ’, उनले भने। 

मौसम पूवाृनुमान महाशाखाका अनुसार आज राति कोसी र मधेस प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

मौसम महाशाखाका अनुसार हाल नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायु र भारतको पश्चिम उत्तर-प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .