ad ad

समाज


ब्राउन सुगरसहित दुईजना पक्राउ

ब्राउन सुगरसहित दुईजना पक्राउ

नेपालखबर
जेठ २०, २०८१ आइतबार १७:३८, काठमाडौँ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (३० ग्राम) सहित दुईजना व्यक्ति पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ को वर्ष ३६ की सपना भुजेल र वर्ष ४१ को कुमार भुजेल रहेका छन्।

जेठ १८ गते काठमाडौंको कोटेश्वरस्थित रमाईलो लज एण्ड भोजलानयबाट उनीहरू पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंको विशेष प्रहरी टोली उक्त स्थानमा खटिई गई रमाईलो लज एण्ड भोजलानयको दोस्रो तलामा रहेको कोठा नं. २ मा शंकास्पद गतिविधि देखि खानतलासी गरेको थियो।

सो क्रममा प्रतिबन्धित लागुऔषध ३० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, तौल गर्ने डिजिटल तराजु थान २, र नेपाली नगद ५५ हजार रुपैयाँ फेला परेको प्रहरीको भनाई छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .