आज (बुधबार) राति देशभर विभिन्न स्थानमा मौसम बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कतिपय स्थानमा पानी परिरहेको छ।
महाशाखाका अनुसार राति देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा डम्म बादल) हुनेछ भने बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (आकाश सफा) रहने छ।
यस क्रममा राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना महाशाखाले उल्लेख गरेको छ।
यसैबीच काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षा हुने सम्भावना २० प्रतिशत रहेको महाशाखाले जनाएको छ।
15.4k
Shares
प्रतिक्रिया