ad ad

समाज


कोसीमा मनसुनले राहत, बाँकी प्रदेशमा गर्मीले आहत (हेर्नुहोस् तापक्रम विवरण)

देशका ५ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो
कोसीमा मनसुनले राहत, बाँकी प्रदेशमा गर्मीले आहत (हेर्नुहोस् तापक्रम विवरण)

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ११:१४, काठमाडौँ

कोसी प्रदेशमा मनसुन (मौसम बदली र वर्षा गराउने एउटा मौसम प्रणाली) प्रवेश गरेकाले तापक्रम केही कम हुन थाले पनि त्यसयता पश्चिमका प्रदेशहरूमा भने गर्मीले सताइरहेको छ। 

त्यसो त कोसीबाहेक अन्य प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु र बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव त छ तर तिनले खासै मौसम बदली र वर्षा गराउन नसकेका कारण तापक्रम उकालो लाग्ने क्रम जारी छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार खासगरी मध्य र पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहेको छ। ती क्षेत्रका धेरैजसो स्थानमा अधिकतम तापक्रम केही दिनयता ४० डिग्री सेल्सियसभन्दा माथि भइरहेको छ। 

बुधबार पनि देशका ५ स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि चढेको छ।

मौसम महाशाखाको विवरणअनुसार बुधबार सबैभन्दा बढी अधिकतम तापक्रम कैलालीको धनगढीमा ४३.९ डिग्री सेल्सियस मापन भएको छ।

यसपछि सबैभन्दा बढी अधिकतम तापक्रम बाँकेको नेपालगन्जमा ४२.२ डिग्री सेल्सियस छ।

यसैगरी बुधबार सुर्खेतको वीरेन्द्रनगरमा ४१.१, डोटीको दिपायलमा ४०.८ र रुपन्देहीको भैरहवामा ४०.४ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ।

दाङको घोराहीमा पनि बुधबार अधिकतम तापक्रम झन्डै ४० डिग्री सेल्सियस पुगेको छ। अर्थात् त्यहाँ अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस मापन गरिएको हो। 

काठमाडौँ उपत्यकामा समेत बुधबार अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस देखिएको छ भने आज न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै बढी २२ डिग्री सेल्सियस पुगेको छ।

आजको अधिकतम तापक्रम भने साँझ ५४५ बजे मात्र मौसम महाशाखाले अपडेट गर्नेछ।

हेर्नुहोस् कहाँको तापक्रम कति? (नोट: न्यूनतम आजैको हो भने अधिकतम हिजोको हो)                

दिपायल (डोटी):  अधिकतम ४०.८, न्यूनतम २१.८ 

डडेल्धुरा:  अधिकतम ३१.५, न्यूनतम १८.९

धनगढी (कैलाली): अधिकतम ४३.९, न्यूनतम २६.६ 

वीरेन्द्रनगर (सुर्खेत): अधिकतम ४१.१, न्यूनतम २४.०

नेपालगन्ज (बाँके):  अधिकतम ४२.२, न्यूनतम २८.० 

जुम्ला:   अधिकतम ३१.८,  न्यूनतम १२.५ 

घोराही (दाङ):  अधिकतम ३९.५,   न्यूनतम २६.७ 

पोखरा (कास्की):  अधिकतम ३२.९,  न्यूनतम २२.० 

भैरहवा (रुपन्देही):  अधिकतम ४०.४,   न्यूनतम २९.६ 

सिमरा (बारा):  अधिकतम ३८.७,  न्यूनतम २८.५  

काठमाडौँ:  अधिकतम ३४.३, न्यूनतम २२.०

ओखलढुंगा: अधिकतम २६.०, न्यूनतम १८.० 

ताप्लेजुङ:  अधिकतम २७.४, न्यूनतम १८.५

धनकुटा:  अधिकतम ३०.६,  न्यूनतम २२.० 

विराटनगर (मोरङ): अधिकतम ३४.८, न्यूनतम २३.७ 

जनकपुर (धनुषा):   अधिकतम ३७.७,  न्यूनतम २९.६  

स्रोत : मौसम पूर्वानुमान महाशाखा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .