ad ad

खेल


न्यु जिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

न्यु जिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

वेस्ट इन्डिजका खेलाडी जितपछि। तस्बिर : आईसीसी/गेट्टी


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ११:२७, काठमाडौँ

न्यु जिल्यान्डलाई पराजित गर्दै आयाेजक वेस्ट इन्डिज आईसीसी टी-२० विश्वकपकाे सुपर ८ मा पुगेकाे छ।

बिहीबार भएकाे खेलमा न्यु जिल्यान्डलाइ १३ रनले पराजित गर्दै घरेलु टाेली वेस्ट इन्डिज १ खेलअगावै सुपर ८ मा पुगेकाे हाे। 

विश्वकपमा वेस्ट इन्डिजले लगातार तेस्रो जित निकाल्दा न्यु जिल्यान्डले भने दाेस्राे हार व्यहाेरेकाे छ। 

वेस्ट इन्डिजले दिएकाे १ सय ५० रनकाे लक्ष्य पछ्याएकाे न्यु जिल्यान्डले निर्धारित २० ओभरमा ९ विकेटकाे क्षतिमा १ सय ३६ रन मात्र बनाउन सक्याे। 

न्यु जिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ४० रनकाे याेगदान दिए। फिन एलेनले २६ रन थपे। मिचेल सान्टनरले २१ रन बनाए। 

न्यु जिल्यान्डलाई कम स्काेरमा राेक्न अल्जारी जाेसेपले ४ विकेट लिए। गुणाकेस माेतीले ३ विकेट झारे। 

अकेल हुसेन रआन्दे रसेलले समान १ विकेट आफ्नाे नाममा गरे। 

त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको थियाे।  

वेस्ट इन्डिजका लागि शेफेन रथरफोर्डले अर्धशतक पूरा गरे। उनले ३९ बलमा २ चौका र ६ छक्का सहयोगमा सर्वाधिक ६८ रनको योगदान दिए। 

निकोलस पुरनले १७ रन थपे। अकेल हुसैनले १५, आन्द्रे रसेलले १४ र रोमारियो सेफार्डले १३ रन बनाए।

न्युजिल्यान्डका ट्रेन बोल्टले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै १६ रन खर्चे। टिम साउथी र लोकी फर्गुसनले समान २ विकेट लिए। जेम्स निसाम र मिचेल सान्टनरले समान १ विकेट आफ्नो नाममा गरे।

लगातार तेस्रो जित निकालेकाे वेस्ट इन्डिज ६ अंकमा शीर्ष स्थानमा छ। २ खेलबाट ४ अंक भएकाे अफगानिस्तान दाेस्राे स्थानमा छ।
३ खेलमा २ अंक भएकाे युगान्डा तेस्रो स्थानमा छ।  

समान २ खेलमा हार भाेगेका पपुवा न्यु गिनी र न्यु जिल्यान्ड अंक तालिकाकाे पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .