ad ad

समाज


झापामा दुई छोरासहित २५ वर्षीया आमा मृत फेला

झापामा दुई छोरासहित २५ वर्षीया आमा मृत फेला

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १५:११, काठमाडौँ

झापामा एक महिला दुई बालक छोरासहित मृत फेला परेकी छन्।

शिवसताक्षी नगरपालिका–३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा र उनका दुई छोरा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

घरभित्रै बेडमा उनका छोराहरू ८ वर्षका विशाल बेस्रा र २ वर्षका आयुष बेस्रा पनि मृत फेला परेका हुन्। 

मृतक अन्जलीका पती रोजगारीका लागि कतारमा छन्। 

मृतक महिला सलले पासो लागेर घरभित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन्। 

दुई छोरालाई विष सेवन गराएको र त्यसपछि आफू झुण्डिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

मृतक दुई छोराले बमिट गरेको र त्यसमा विषको जस्तो गन्ध आइरहेको पनि डीएसपी चन्दले जानकारी दिए। घटनास्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .