ad ad

कारोबार


नेपालमै बनेको हुन्डाई भेन्युको बिक्री सुरु, आई१० र क्रेटा पनि यही वर्षदेखि उत्पादन

नेपालमै बनेको हुन्डाई भेन्युको बिक्री सुरु, आई१० र क्रेटा पनि यही वर्षदेखि उत्पादन

नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार १५:२२, काठमाडौँ

नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)बाट नेपालमा नै हुन्डाई भेन्युको व्यावसायिक उत्पादन गरी बिक्रीवितरण सुरु गरेको छ। 

बिक्री वितरण सुरु भएको हुन्डाई भेन्यु एफएल १.२ एसको ४४ लाख ९६ हजार रुपैयाँ र एफएल १.२ एसएक्सको ५३ लाख ५६ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ।  

लक्ष्मी मोटर कर्पोरेसन नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो। 

कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाई मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरुसरहकै हुने कम्पनीले दाबी गरेको छ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगीकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ। 

पहिलो चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना छ। यसै आर्थिक वर्षभित्र हुन्डाई ग्रान्ड आई१० नियोसका साथै अल न्यु हुन्डाई क्रेटाको उत्पादन पनि सुरु हुने जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .