ad ad

समाज


पूर्वका यी ५ स्थानमा धेरै भारी वर्षा

पूर्वका यी ५ स्थानमा धेरै भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८१ मंगलबार ६:५५, काठमाडौँ

पछिल्लो २४ घण्टा (सोमबार बिहान ६ः५२ बजेदेखि मंगलबार बिहान ६ः५२ बजेसम्म) देशको पूर्वी क्षेत्रका ५ स्थानमा धेरै भारी वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त अवधिमा झापाका ३, सुनसरी र मोरङका एक÷एक स्थानमा धेरै भारी वर्षा भएको हो। 

तथ्यांकअनुसार सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा १५१.६ मिलिमिटर वर्षा मापन भएको छ। यसपछि झापाको कन्काईमा १३४.२, झापाकै कन्काई मैनाचुलीमा १२१.८ र झापाकै अमरमणि बिर्ता ११२.६ मिलिमिटर वर्षा भएको छ। महाशाखाको विवरणअनुसार सुनसरी धरान बजारमा १२३ मिलिमिटर वर्षा मापन भएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र सय मिलिमिटरभन्दा माथि, २ सय मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .