ad ad

समाज


तीलगंगा (बी १३) क्षेत्रका घर-टहरा १५ दिनभित्र खाली गर्न पशुपति क्षेत्र विकास कोषको निर्देशन

तीलगंगा (बी १३) क्षेत्रका घर-टहरा १५ दिनभित्र खाली गर्न पशुपति क्षेत्र विकास कोषको निर्देशन

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८१ मंगलबार ८:१९, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषले तीलगंगा (बी १३) क्षेत्रका घर जग्गा १५ दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। 

मुआब्जा लिएर पनि काठमाडौँ महानगरपालिका-८ तिलगंगा आवास (बी १३) क्षेत्रमा रहेका घर, टहरा, गोठ, पर्खाल जस्ता संरचना सम्बन्धित धनीले नहटाएपछि कोषले १५ दिनको म्याद दिएर त्यस्ता संरचना हटाउन भनेको हो। 

कोषले पटकपटक सूचना गर्दा पनि त्यस क्षेत्रका घर, टहरा सम्बन्धित पक्षले खाली नगरेको जनाएको छ।

कोषले आज जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस क्षेत्रका घर, टहरा, पर्खाल, लिगलगायतका संरचना अबको १५ दिनभित्र नअटाएमा कानुन बमोजिम कोष आफैँले हटाई खाली गराउने छ।’

त्यस क्षेत्रका संरचना कानुन बमोजिम अधिग्रहण गर्ने निर्णय कोषले गरेको छ। जसअनुसार सबैलाई मुआब्जासमेत वितरण गरिसकिएको कोषले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .