ad ad

समाज


राति यी ४ प्रदेशमा पानी पर्ने, काठमाडौँमा वर्षाको सम्भावना ६० प्रतिशत

राति यी ४ प्रदेशमा पानी पर्ने, काठमाडौँमा वर्षाको सम्भावना ६० प्रतिशत

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असार ४, २०८१ मंगलबार १८:३६, काठमाडौँ

हाल (मंगलबार साँझ) कोसी प्रदेश, मधेस प्रदेश , बागमती प्रदेस र गण्डकी प्रदेशमा  साधारणतयादेखि पूर्ण बदली (आकाशभरि बादल) तथा देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मुख्यतया सफा (लगभग आकाश खुला) छ।

कोसी र गण्डकी प्रदेशका एक/दुई तथा बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा राति कोसी प्रदेशका केही, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै तथा मधेस प्रदेशसहित बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच बागमती प्रदेशअन्तर्गत काठमाडौँ उपत्यकामा पनि राति वर्षा हुने क्रम जारी रहने जनाइएको छ।

मौसम महाशाखाले राति काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भवना ६० प्रतिशत रहेको जनाएको छ। 

मौसम महाशाखाले राति भन्नाले भाेलि बुधबार बिहान ६ बजेसम्मको अवधिलाई मानेको छ। 

मौसमविद्का अनुसार अहिले देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी स्थानमा स्थानीय वायु र भारतको बिहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .