अवैध हतियार राखेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ का जितबहादुर गुरुङ पक्राउ परेका छन्।
गोप्यरूपमा हतियार राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनलाई पोखराको सापकोटा चोकबाट पक्राउ परेको हो।
गुरुङको साथबाट एक थान राइफल, त्यसमा लाग्ने गोली ४ थान र छर्रा बनाउन प्रयोग गरिने सिलिन्डर आकार भएको कडा वस्तु १४२ थान बरामद गरेको प्रहरीले जनाएको छ।
33
Shares
प्रतिक्रिया