ad ad

समाज


कतारबाट भन्सार छलेर ल्याएको सुनसहित एक जना पक्राउ, ओसारपसारमा संलग्न पनि समातिए

कतारबाट भन्सार छलेर ल्याएको सुनसहित एक जना पक्राउ, ओसारपसारमा संलग्न पनि समातिए

नेपालखबर
असार ७, २०८१ शुक्रबार १७:३०, काठमाडौँ

कतारबाट काठमाडौँ विमानस्थल ओर्लिएका एक जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको छ। 

काठमाडौँ महानगरपालिका–९ स्थित सिनामंगलबाट सुनको ब्रास्लेट र औँठीसहित प्रहरीले बाँकेको खजुरी गाउँपालिका–८ का मोहमद दिलसाद खाँलाई पक्राउ गरेको हो। 

प्रहरी उपरीक्षक अंगुर जि.सी.का अनुसार, जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइ छिपाइ राखेको अवस्थामा सुनको ब्रास्लेट १ थान र औँठी १ थान सहित ती व्यक्तिलाई पक्राउ गरिएको हो।

उनको साथबाट ६९.८९० ग्राम तौल भएको  सुनको ब्रास्लेट र ११.६५० ग्राम तौल भएको बेरुवा औंठी भेटिएको छ।

उक्त सुन ओसारपसार कार्यमा संलग्न अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। 

ओसारपसारमा संलग्न नवलपरासी पूर्व गैडाकोट नगरपालिका–१३ का ४३ वर्र्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका७ का २५ वर्षीय अन्जिल गुरुङ पनि पक्राउ परेका छन्। 

उनीहरूलाई पक्राउ गरी भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .